२०७७ बैशाख ३ गते बुधबारको राशिफल


मेष राशि: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुने समय रहेको छ । पारिवारिक साथ सहयोगमा महत्वपूर्ण कार्यहरु सम्पादित रहनेछन । मानसम्मान प्राप्तिको समय रहेको छ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या भने देखा पर्नेछ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

बृष राशि :(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अपरिचित ब्यक्तिहरुको बिश्वासमा नपरेकै वेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित रहन सक्छ । आटँ साहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईंलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि: (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेकोछ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै शवे हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रसन्न रहला ।

कर्कट राशि: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाइको सम्भावना रहेको छ । आर्थिक क्षेत्र मध्यम रहनेछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबडीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा अरुको दवाबको महशुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । शत्रु सबल रहनाले कुराकाट्ने व्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्ला ।

कन्या राशि: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेकोछ । नयाँ लगानीमा उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । यात्रा फाइदामूलक हुनसक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि: (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोतसाधनका प्रयोगमा समय व्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाव उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्र तथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ ।

धनु राशि: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबडीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । शारीरिक आलस्यताले गर्दा गरिहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ । पारिवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य व्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि: (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजिकका व्यक्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भावना रहेको छ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धी समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

मिन राशि: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभचिन्तकहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सबल बन्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईंले बढी परिश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईंको मान सम्मानमा वृद्धि गर्नेछ ।

newskiran.com

newskiran.com

You May Also Like