चैत वा बैशाखको घरभाडा छुट गर्न घरवालालाई सरकारको आग्रह


३ बैशाख २०७७(काठमाडौं)।सरकारले चैत्र महिनाको घरभाडा छुट नदिने घरबेटीहरुलाई कडा कारबाही कदम चाल्ने भएको छ । चैत्र महिनाको अन्तिम साताबाट सरकारी अधिकारीहरुबिच यसबारेमा परामर्श हुन थालिसकेको छ। उपत्यकामा घर हुनेहरुले आफ्नो घरमा बहालमा बसेका मजदुर तथा सर्बसाधारणलाई एक महिनाको बहाल छुट दिदा उनीहरुमा कुनै प्रकारको आर्थिक समस्या नहुने सरकारी अधिकारीहरुको भनाई रहेको छ ।
उपत्यकाका घरबेटीहरुले एक महिनाको भाडा छुट दिएर सरकारलाई सहयोग गर्नुपर्ने सरकारको भनाई गएको चैत्र १६ गते बसेको मन्त्रीपरिषदको बैठ्कले (चैत्र महिनाको बहाल छुट दिन )सबैमा सार्बजनिक रुपमा आग्रह गरिसकेको छ ।मुलुक संकटको यो बेला बहाल छुट दिएर सरकारलाई सहयोग गर्न मन्त्री परिषदले पनि भनेको थियो । यो बेला सर्बसाधारणलाई आर्थिकरुपले संरक्षण गर्न सरकारलाई ठूलो दबाब परिरहेको छ ।

आर्थिक क्रियाकलाप ठप्प भएर सर्बसाधारणको आम्दानीको स्रोत
नै बन्द भएपछि सरकारले केही राहत हुने ठहर गरी एक महिनाको भाडा छुट गर्न सम्बन्धित सबै घरवालाहरुलाई भनेको थियो । सरकारको यो निर्णयलाई कतिपय बहाल लिने घरवालाहरुले सहर्ष स्वीकार गरेको छ भने केही संख्याका घरबेटीहरुले भने बेवास्ता गरिरहेका छन् ।जसले गर्दा अहिले राहातमा समेत बाधा उत्पन्न भएको छ। घरबेटीले नागरिकता वडामा बुझाएर बहालवालाको परिचय खुल्ने नागरिकताको प्रतिलिपि देखाएपछि धेरैलाई सरकारी राहात मिलेको छ।तर,कयौँ घरवालाहरुले घर दर्ता नै गरेका छैनन् त्यसमा नी घर निजी प्रयोजन गरेको भनेर कर छली गरिरहेका छन्।
संकटको यो घडीमा सरकारलाई नटेर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । जबर्जस्ती भाडा लिनेहरुको लगत संकलन गरेर कारबाही गर्ने बताइएको छ । यसको लागि घर भाडामा बस्नेहरुलाई सम्बन्धित सरकारी कार्यालयमा सूचना गर्न पनि आग्रह गर्ने तयारी छ । सूचना दिनेहरुको सबै कुरा गोप्य राखिने जनाइएको छ ।


सरकारलाई नटेर्नेहरुलाई कर छलीमा कारबाही गर्न सकिने केही अधिकारीहरुले बताएका छन् । उपत्यकाका घरधनीरुले बहाल लगाएर बर्षमा लाखौं रकम लिने गरिरहेछन् । घरभाडा उनीहरुको आम्दानीको मूल स्रोत नै हुने गरेको छ ।
यो संकटको बेला एक महिनाको भाडा छुट दिन सरकारले गरेको आग्रह नटेर्ने र भाडा उठाएर मोज गर्नेहरुलाई कानुनी प्रक्रियामा ल्याइने अर्थ तथा सूचना सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताइसकेका छन् । तर ,चैत्रको भाडा लिए पनि बैशाखमा छुट दिएमा भने कारबाही नगरिने सरकारको तयारी छ । जसरी भए पनि एक महिनाको बहाल नलिन सरकारले आग्रह गरेको हुँदा चैत्र या बैशाख जुन महिनाको भए पनि छुट दिदा कारबाही नगर्ने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएको खबर इआर्थिकमा छ।

newskiran.com

newskiran.com

You May Also Like