सांसद विकास कोषको रकम कोरोना कोषमा उपलब्ध गराउन सुझाव


२ बैशाख २०७७(काठमाडौं)।सभामुख अग्निप्रसाद सापकोटाले गरेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठ्क र प्रदेशसभाका सभामुख र उपसभामुखको छलफलमा सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने सुझाव दिएका छन्।

बैठ्कमा विभिन्न दलका प्रमुख सचेतकहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका थिए । ‘सातवटै प्रदेशका सभामुख र उपसभामुखहरुसँग छलफल तथा कार्यव्यवस्था परामर्श गरेर समितिका सदस्यहरुबाट प्राप्त सुझावहरुको कार्यान्वयन गर्न नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

newskiran.com

newskiran.com

You May Also Like