लकडाउन समस्याका सडक यात्रुलाई खाना र खाजा माग


२ बैशाख २०७७। गाउँपालिका राष्ट्रिय महासंघ वागमती प्रदेशले लकडाउन समस्याका कारण आफ्नो गन्तव्यसम्म पुग्ने पैदल यात्रीहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गरेको छ ।
गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरका गाउँपालिका प्रमुखहरुलाई पत्र लेखेर काठमाडौंबाट बाहिरिने पैदल यात्रुहरुका लागि खाना, खाजा र पानीको प्रवन्ध मिलाउन आग्रह गरेका हुन् ।
लकडाउनका कारण कामविहीन रकमहीन भएपछि दैनिक ज्यालादारी गर्नेहरुले काठमाडौं उपत्यका छाड्ने क्रम बढ्दो रहेको छ ।सरकारले गाडीको व्यवस्था नगराएपछि उनीहरु पैदलै हिँडेर घर फर्किन बाध्य भएका छन् ।
काठमाडौंमा कुनै व्यवस्था नभएपछि पैदल यात्रा नै रोजेर घर फर्किनेहरुलाई गाउँपालिका महासंघ नेपालले यसबारे चासो देखाएको छ ।यसमा सरकारको ध्यान नपुगेको हो।

newskiran.com

newskiran.com

You May Also Like