नेपालमा बैशाख १५ सम्म लकडाउन


नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको अवस्थालाई नियाल्दै बैशाख १५ गते सम्म लकडाउन अवधि लागू गर्ने निर्णय गरेको छ ।मन्त्रीपरिषद्को मंगलबार दिउँसो बसेको बैठ्कले बैशाख १५ सम्म लकडाउन लागू गर्ने निर्णय गरेको हो ।

हवाइ उडान बन्द बैशाख १७ सम्म भनिएकोमा त्यसलाई १८ सम्मका लागि स्थगित गर्ने पनि जनाइएको छ । गत चैत ११ गते देखि लागू गरिएकाे लकडाउन तेस्राे पटक बैशाख ३ गतेका सम्मका लागि लागू गर्ने निर्णय गरेकाे थियाे । लकडाउनकाे समय एक दिन बाँकि हुँदै मन्त्रीपरिषदकाे बैठ्कले पुन:दुई साताका लागि लागू गर्ने निर्णय गरेकाे हाे ।

छिमेकी भारतमा लकडाउनकाे म्याद बैशाख २१ गतेसम्म बढाएसँगै नेपालमा पनि लकडाउन अवधि थपिएकाे हाे ।अर्का छिमेकी चीनले ३ महिना लकडाउन गर्दै कोरोना संक्रमणबाट मुक्ति पाएको बताएको छ।३ हप्ते लकडाउनको अवधि सकिएसँगै भारतले पुनः लकडाउन अवधि थपेको हो।नेपालमा यस अघि चैत ११ बाट सुरु भएको एक एक हप्ते अवधि पहिलो ११-१८, दोश्रो १८-२५ र तेश्रो २५-३ मा सकिनै लाग्दा २०७७ बैशाख २ गते मंगलबार दिउँसो बसेको मन्त्रीपरिषद्को बैठ्कले १२ दिन अवधि थपी बैशाख १५ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

newskiran.com

newskiran.com

You May Also Like