बुढानीलकण्ठ नगरपालिकामा आज सार्वजनिक बिदा

बुढानीलकण्ठ नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाण्डौं उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठमा दर्शन गर्ने परम्परा रहिआएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने बुढानीलकण्ठ नारायण स्थानमा आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बुढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्छ।