चैतको पहिलो हप्ता विदेशबाट आएका ३ संक्रमित काठमाडौंमा

२ बैशाख २०७७(काठमाडौं)।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जना सदस्यमा र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि पेप्सीकोलामा कोरोना त्रास फैलिएको छ । गत चैत ४ गते लण्डनबाट फर्किएका उनीहरूमा सोमबार र्यापिड टेस्ट पोजेटिभ देखिएपछि पाटन अस्पताल आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमित एकै परिवारका आमा, छोरा र बुहारी हुन्। पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार अवस्था सामान्य देखिएको छ ।
सिटी अपार्टमेन्टमा संक्रमित भेटिएपछि सिलबन्दी गरेर सताकर्ता अपनाइएको छ भने आसपासका क्षेत्रमा लकडाउन कडा बनाइएको छ।करीब २ हजार मानिस बसोबास गरिरहेका र आधाजसो अझै त्नरासमा रहेका छन्। नबिल, ग्लोबल र सनराइज बैंकको एटिएम चल्ने सो अपार्टमेन्टमा मानिसहरुको आवतजावतको केही दिन देखि भीड चलेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like