नेपालको आर्थिक वृद्धिदरमा १.५ देखि२.८ ले गिरावट हुने : विश्व बैंक


नेपाली अर्थतन्त्रको अवस्था निकै निराशाजनक देखिएको छ । कोरोना भाइरसको मार खेपिरहेको मुलुक नेपालको यस वर्षको आर्थिक वृद्धिदर १ दशमल ५ सम्ममा झर्ने देखिएको हो ।

विश्व बैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने आँकलन गर्दै नेपालको आर्थिक वृद्धिदर १ दशमलब ५ मा झर्ने रिपोर्ट सार्वजनिक गरेको छ। दक्षिण एशियाली क्षेत्रको आर्थिक अवस्थाबारे आइतबार सार्वजनिक प्रतिवेदनमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ मा खुम्चने आकलन गरेको हो ।

बैंकले सन् २०२० मा मात्र उच्च गिरावट नभई सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने हुँदा आगामी २ आर्थिक वर्षसम्मको आर्थिक वृद्धिदरमा असर पर्न सक्ने जनाएको छ ।

यसअघि एशियाली विकास बैंकले भने नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुबै बैकका अनुसार नेपालको वृद्धिदर खस्कनुको मूल कारण भने कोरोना भाइरस संक्रमणको कारणले हो।

दक्षिण एशियाका अरु सबैजसो देशपनि कोरोनाका कारण प्रभावित बन्ने वैंकले उल्लेख गरेको छ । भारत, भुटान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान, श्रीलंका सबैको अर्थतन्त्रको तस्वीर उत्साहजनक छैन ।

सबैभन्दा बढी माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भन्दै बैंकले अफगानिस्तान ५.९ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । श्रीलंका ३.०, पाकिस्तानको वृद्धिदर २.२ का दरले ऋणात्मक रहने बैंकले उल्लेख गरेको छ ।

नेपाल, भारत, बंगलादेश र भुटानको मात्र वृद्धिदर घनात्मक हुनेछ । जसमध्ये सबैभन्दा बढी वृद्धिदर भारतको ५ सम्म पुग्न सक्नेछ बैंकको अनुमान छ ।

यिमध्ये सबैभन्दा बढी मार पर्यटन उद्योगमा आधारित अर्थतन्त्र भएका मुलुकले ब्यहोर्नपर्ने पनि बैंकले देखाएको छ । देखिएको छ । रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा प्रत्यक्ष असर पर्दा आर्थिक वृद्धि घट्ने जनाइएको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा नराम्रो असर परेको पनि बैंकले जनाएको छ । सामाजिक असमानताका कारण धनी र गरीबबीचको दूरी बढ्ने मात्र नभई गरीबीको संख्यामा केही वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ।

newskiran.com

newskiran.com

You May Also Like