काठमाडौंमा खुकुलो बनाउने र बाहिर लकडाउन कडा पार्ने…..


विश्वभरका सबै मुलुकहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आफ्नो देशलाई लकडाउन गरिरहँदा नेपालले सरकारले लकडाउन पुन: एकपटक लम्ब्याउने तयारी गरिरहेको जनाएको छ । प्रधानमन्त्रीले सात प्रदेशका प्रमुखसँग हालै गरेको भिडियो बैठ्कले संकेत दिएको हो।सरकारले लगाएको तेश्रोपटकको लकडाउन यही बैशाख ३ गते सकिदैंन गर्दा प्रधानमन्त्रीले प्रदेश का मन्त्रीहरुसँग त्यहाँको वस्तुस्थिति बुझेका थिए। उच्चस्तरीय संयोजक समितिले २८ र २९ गते उपत्यकाबाट गाडी बाहिर पठाउन चाहेपनि प्रदेश र स्थानीय सरकारले त्यसमा समर्थन जनाएपछि निर्णयको २ घन्टा नबित्दै निर्णय फिर्ता लिन परेको थियो। ३ वैशाख सम्मको लागि लकडाउनको म्याद सकिँनै लाग्दा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही दिनमै फेरि लकडाउन लम्ब्याउन मन्त्रिपरिषदमा सुझाव दिने तयारी गरेको समिति सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी बताए ।
छिमेकी भारतमा कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्ने आंकलनका साथ सुरक्षा चेकजाँच नहुने खुला स्थान (दसगजा) पनि सरकारले निगरानी राख्ने र एकअर्का देशका नागरिक आवतजावत गर्ने स्भथानमा अझै कडा गर्ने भएको छ।सरकारले विदेशबाट आएका नेपालीमा संक्रमण पुष्टि भएपछि ११ चैतदेखि १८ सम्म पहिलोपटक लकडाउन गरेको थियो । तर, थप संक्रमित देखिन थालेपछि क्रमशः १९ देखि २५ र २६ देखि ३ वैशाखसम्मका लागि लकडाउन गरेको हो ।हाल नेपालमा ९ जनामा कोरोना भाइरस संक्रमित र १ जना उपचार पछि निको भएर घर फर्केका छन्।

काठमाडौंमा लकडाउन खुकुलो पार्ने वा खोल्ने भन्ने समस्या नरहेको तर अन्यत्र ठाउँको लकडाउन हेरेर गृहकार्य गर्ने पनि हुन सक्ने सुझाव बुझिएको छ । अब एकपटक लम्ब्याउने र त्यसपछिको अवस्था हेरेर काठमाण्डौं खोल्ने वा नखोल्ने तयारी रहेको उच्च स्रोतबाट जानकारीमा आएको छ । कोभिड–१९ को उदगमस्थल चीनको हुवेई प्रान्तमा लामो समय लकडाउन गरिए पनि राजधानी बेइजिङसहित कम प्रभाव भएका सहरहरु खोलिएको उदाहरण दिँदै एक मन्त्रीले त्यस्तो विकल्पमा समेत छलफल भइरहेको बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like