महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले आफ्नो नगरमा १० हजार २ सय घर परिवारले राहत प्राप्त गर्ने नामावली आएको बताएका छन् ।यो संख्या अझै बढ्ने र नगरका सबै वडाबाट राहत प्राप्त गर्नेको प्राप्त विवरण सङ्कलन भएपछि सङ्ख्या हेरी नगरपालिकाले नै राहात वडावडामा वितरण गर्ने उनले बताए ।राहत प्राप्त गर्ने व्यक्तिको परिवार सङ्ख्या हेरी वडास्तर बाटै एकद्वार प्रणाली अनुसार राहत वितरण गरिने छ । वडा नं ७ ले भने ३० गते आइतबार र सोमबार राहात बाड्ने सूचना जारी गरेको छ।नगर प्रमुख रामेश्वर श्रेष्ठका अनुसार राहत सामाग्रीमा चामल, दाल, नुन, खाने तेल र साबुन रहने छ ।
हाल महालक्ष्मी नगरपालिकामा राहत सामाग्री उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला ( महालक्ष्मी) ले एक सय बोरा चामल, एक सय लिटर खाने तेल, एक सय केजी नुन,तीन सय केजी दाल, साबुन राहत सामग्री उपलब्ध गराएको छ भने वडा नं १ स्थित कृष्ण प्रणामी मूल मन्दिर सञ्चालक समितिले ५१ हजार २ सय ११ रुपियाँ नगद राहत दिएको छ ।त्यस्तै, ललितपुर उद्योग वाणिज्य संघ शाखा २ ले एक टन चामल र ५० केजी दाल उपलब्ध गराएको छ । कलाकार किरण केसी, राज केसी, राम केसी र ललितपुर महानगरपालिका निवासी सुरेन्द्र केसीले दश हजार थान माक्स, र एक सय बोरा चामल उपलब्ध गराएका छन् । सहरी वातावरण समाजले एक लाख रुपियाँ र केही सहयोग पनि गरेको मेयर श्रेष्ठले जानकारी गराएका छन्।