विचार र दृश्य


२७ चैत काठमाडौ।२०५० सालतिर ललितपुरको हात्तीवनतिर फाट्टफुट्ट घरहरु थिए ।सातदोबाटो देखि ग्वार्खो सम्म लहरै सडक पेटि वरिपरि रुखहरु देखिन्थे।०६२ सालको लोकतन्त्र ल्याउन दलहरुले गरेको आन्दोलनताकासम्म त लाग्छ जग्गाहरु खुब सस्तो पनि थिए।हात्ती न एल आसपासमामै रोपनीको ३ लाखमा जग्गा आउँथ्यो।जग्गा जमिनको भाउँ नै थिएन्।घरहरु मसिना मसिना नै थिए।आजभोलि घरहरु बढेछन्।फाट्टफुट्ट घरहरु हाउजिङ घरहरुमा परिवर्तन भएछन्।संसारका धनी वर्गका मान्छे विनोद चौधरीले पनि धेरै जग्गाहरु प्लटिङमा सुरक्षित गर्न थालेका रहेछन्।अहो!प्राकृतिक सुन्दरताले भरिएको मेरो देश नेपालमा के छैनन्।नेपालको बादल,कुहिरो,हरियाली जंगल,मठमन्दिर,बेग्लै भवन संरचना,यहाँको प्राकृतिक सुन्दरता,संस्कृति,भूगोल,भाषा,रीतिरिवाज पाहुनाको स्वागत सत्कार के के हो के के सब राम्रो छ प्यारो छ।संसारले यतिखेर नेपालको सौन्दर्यतामा थियो आँखा नियालिरहेको आवास मिल्छ नेपालीलाई।एक पटक एकजना युरोपेली नागरिकले नेपालको बस यात्रामा भनेको कुरा म सम्झिरहन्छु,”नेपाल राम्रो छ सुन्दर छ नेताहरु खराब छ।”उनी र म एउटै गाडीमा थियौँ।
मैंले अंग्रेजीमा सोधेको थिएँ,हाउ डु यु फिलिङ अबाउट ट्राभल्स एन्ड टुर अफ नेपाल?उनले जोक्स्ली भने,अ स्मल पथ अ विग बस,गो इङ नेपाली ड्राइभर क्रस टु क्रस।
साँच्चै नै देशको परिस्थिति त्यही नै हो।

जनतालाई कसरी आत्मनिर्भर बनाउन उत्पादनमा लगानी गर्न बजेट तर्जुमा गर्नुपर्छ भन्ने न सरकारलाई थाहा छ न राष्ट्रवादी नेतालाई।कृषिमा लगानी गर्नु,स्वदेशी युवालाई राष्ट्रिय लगानीमा काम दिनु,राष्ट्रमा भएका जल,जमिन,जडीबुटी र जनशक्तिको सही ठाउँमा उपयोग गर्न सकेमा के हुन्न नेपालमा। एउटा सिंगो रुख भारतलाई बेचेर पुनः त्यही काठबाट बनेको गुलेली किन्नु राम्रो होइन्।नेपालका पहाडमा नुन र फलाम खानी छ।ग्याँस उत्खननको सम्भावना छ।प्रेटोलियम पदार्थको विकल्पमा इलेक्ट्रीसिटीको भरमार प्रयोग गर्न सकिन्छ। पर्यटकीयस्थल निर्माण गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ।यस कुरामा नेताहरुको ध्यान पुगेको खोई।देशको राजधानी खाल्डो भरिन लागिसक्यो यो खाल्डो भरिएपछि को विकल्प के यो बारे अनभिज्ञ रहनु राम्रो होइन।हरेकको विकल्प हुन्छ घर निर्माण वा हाउजिङमा बैंकले लगानी गर्ने,प्लटिङमा लगानी गर्ने सहकारीले बैंकबाटै ऋण लिने, बैंक डुब्यो भने के गर्ने,सधैँ त चल्छ भन्ने हुन्न,निजी र सरकारी स्वामित्वमा बीच यही पारा चल्दै गयो भने अन्ततः सारा अर्थतन्त्रमा टकराव आउनुकै विकल्पै छैन्।सरकारी नीति र निजीका नीतिगत फरकपन हेर्दा लाग्छ यस्ले अन्ततः द्वन्द्व ल्याउँछ ।

एउटा निजी अफिसमा काम गर्ने कामदारको मासिक तलब ५ देखि १२ हजार छ भने सरकारी जागिर खानेको १३ देखि ३५ सम्म छ।दुबैले खाने बस्ने लगाउने कुराहरुमा पैसाकै कारण समस्या आउँछ किनकि ३५ हजार खानेले ५ हजार खानेलाई नगन्ने वा उसको औकात जीवनभर समस्यागत पहिचानको हुन्छ।त्यस्तै ३५ हजारवालले प्रदर्शन गरेको औकात र ५ हजार खानेबीचको औकातबाटै द्वन्द्व जन्मिन्छ।यहाँ भन्न खोजिएको कुरा के हो भने स्थानीयकरण व्यापारीकरणतिर जाने व्यापारीकरण विश्व बजारिकरण तर्फ उन्मुख हुनाले नै हरेक कुरामा अस्थिरता आएको हो।जे होस् घरले भूगोल वर्ग र इतिहासको पहिचान झल्काउँछ।हामी नेपालीको पहिचानमा रहौँ।राष्ट्रको माया गरौँ।पैसा देखेपछि महादेवको तिन नेत्र नबनौँ।पद,प्रतिष्ठा पहिचान समाजमा कायम गर्नु राम्रो हो बिदेशमा होइन्।बिदेशमा त नेपालीको इज्जत,नाम,सान देखाउने हो ।शिर झुकाउनु राम्रो होइन अरुसँग।आज यति पैसा यो पदमा भएको बेला कमाएर घर बनाई बसिहाल्नु पर्छ भ्रष्ट्राचार कमिसनको खेलमा नलागौं। परिवर्तन आफै हुँदै जाने कुरा हो।यो बिस्तारै हुन्छ जंगल,बारी,घर हुँदै हाउजिङमा रुपान्तर हुनु ठुलो कुरो हैन।

newskiran.com

newskiran.com

You May Also Like