चैत २७ काठमाडौं।नेपाल प्रहरी हेडक्वार्टरले सबै स्तरका प्रहरीको केही तलब काटेर नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सैनिक देखि प्रहरी अधिकृतसम्मको ३ देखि ७ दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो। सामाजिक संञ्जालहरुमा अहोरात्र खट्ने सुरक्षा कर्मी र स्वास्थ्य कर्मीहरुको तलब काट्नु भन्दा विशेष भत्ता दिएर प्रोत्साहन गर्नुपर्ने भन्दै गुनासा आएपनि हेड क्वाटरले भने तलब कट्टा गर्ने निर्णय गरिसकेको जनाएको छ।