०७६ चैत २६(काठमाडौं) जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना गराउनको लागि आफूहरु खरो उत्रिरहेको बताएका छन् ।उनले यो अवधिमा अनावश्यक रुपमा घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेका छन् ।
गए राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका थिए।
सिडिओ दाहालले अनावश्यक सडकमा निस्किनेलाई गोली ठोक्ने समेत चेतावनी दिएका थिए। दाहालले भने,”मैले त्यो अधिकार पाएको छु । आदेश उल्लंघन गर्ने कसैलाई पनि म छोड्दिन् ।”
लकडाउनको बेला जनता टेलिभिजन नहेरेर पनि बाँच्न सक्छन्। किन टिभी हेर्नुपर्यो ? अब कठोर हुन्छु । एक्शन लिन्छु ।” उनले सुत्केरी, बिरामीहरु र अत्यावश्यक कामका लागि भने पास उपलब्ध गराइनेछ।
दाहालले दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु कोही पनि भोकै नमर्ने र उनीहरुको लागि सरकारले पर्याप्त खाद्यान्नको व्यवस्था गरिसकेको बताएका छन् ।