निमोनिया ज्वरोबाट रामेछापमा एकको मृत्यु

उच्च ज्वरो आएर अस्पतालमा उपचारार्थ मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला थापा मगरको मंगलबार राति मृत्यु भएको छ । मंगलवार साँझ तामाकोसी अस्पताल भर्ना भएका थापामगरको राति नै मृत्यु भएको अस्पताल स्रोतले बताएको हो ।

केहि समयअघिदेखी दम रोगबाट ग्रसित थापा मगर ज्वरो आएर निमोनिया भई अस्पताल भर्ना गरि उपचारको क्रममा निधन भएको र पार्थिव शरीर आफन्तले जिम्मा लिइ आफनो संस्कार अनुसार दाहसंस्कार गरेको बताएको छ।वडा अध्यक्ष भीमबहादुर थापा मगरले एक विज्ञप्ति जारी समेत गरेका छन्।

newskiran.com

newskiran.com

You May Also Like