हुँदा खानेहरुकालागि दिन लागिएको राहातमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहात नदिने बताएको छ। वैदेशिक रोजगारीमा गएका र सामाजिक सुरक्षा लिदै आएका परिवारलाई पनि राहात नदिने नगरपालिकाले निर्णय गरेको हो। आर्थिक अवस्था कमजोरी भएकालाई हेरेर राहात दिने प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले भनेका छन्।
दुई जना सदस्यीय परिवारलाई दश केजी चामल, दुई केजी दाल, एक लिटर खाने तेल, एक पोका नुन दिने र चार जनासम्मको परिवारलाई २० केजी चामाल, दुई केजी दाल, एक लिटर खाने तेल, एक पोका नुन र चार जनाभन्दा धेरै परिवार भएकालाई २५ केजी चामाल, दुई केजी दाल, एक लिटर खाने तेल, एक पोका नुन वितरण गर्ने नगरपालिकाले जनाएको छ।
नगरका १३ वटै वडालाई राहातमा लागि एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको पाण्डेले जानकारी दिएका छन्।ज्यालादारीमा काम गर्ने मजदुर र विपन्न वर्गको परिवारको तथ्याङक संकलन गरिरहेको पान्डेको भनाई छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागी भानु नगरपालिकाद्वारा ६३ लाख रुपैयाँको राहात कोष स्थापना गरेको बताइएको छ