स्वास्थ्य सामग्री थर्मोगन कालोबजारी गर्ने पक्राउ


करिब १ सय ज्वरो नाप्ने ‘थर्माेगन’स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा एक धनाढ्य सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन्।अग्रवालले बजारमा करिब ३ हजारदेखि ५ हजार मूल्य पर्ने १ सय थर्मोगनलाई प्रतिगोटा २० हजार रूपैयाँ मूल्य राखेर बेच्ने गरेको सुराकी पाएर प्रहरीले पक्राउ गरेको हो।जगदम्बा स्टिलका सञ्चालक समेत रहेका अग्रवाललाई स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप लागेको छ ।

उनलाई मेडिल सप्लार्सको भेषमा कुरा गरिरहेका प्रहरी अधिकारीहरूले थर्मोगन प्रतिगोटा १५ हजारको हिसाबमा ओके गराए । लेनदेनको कुरा सुरु भयो । प्रहरीले चेक दिने प्रस्ताव गरे । तर, अग्रवालले मानेनन् । ह्याण्ड क्यास नै हुनुपर्ने उनको माग थियो । उता प्रहरीचाहिँ गाउँपालिका र नगरपालिकाको माग भएको भन्दै उनलाई फकाउन खोजिरहेका थिए । १ सय थान किन्न पैसा नपुगेको र १० लाख मात्र भएको भन्दै उनले सप्लायर्सलाई १५ हजारको हिसाबले ६७ थान थर्मोगन लिएर भनेको स्थान नक्साल पुगेपछि प्रहरीले सामानसहित पक्राउ गरेको थियो।
कूटनीतिक नम्बर प्लेट भएको २०९ एचसीसी १ नम्बरको गाडीसहित उनी पक्राउ परेका छन्।अब उनलाई कालो बजारी कसुरअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बुझाउने महाशाखाका प्रमुख एसएसपी थापाले बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like