पृथ्वी र चन्द्रमा बुधबार सबैभन्दा नजिक देखिने


चैत २६ गते बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने खगोलविदले बताएका छन् । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम बेला बुधबार मात्र हुनेछ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन् पनि। चन्द्रमा र पृथ्वीबीचको दूरी सबैभन्दा कम बुधबार हो। पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर सुपरमुनका समयमा पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।
भोलि देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा चन्द्रमा आकारमा झण्डै १४ प्रतिशत ठुलो देखिन्छ । यसको चमक ३० प्रतिशत सम्म बढ्नेछ । यस पटक चन्द्रमा गुलावी रंगको बन्ने अनुमान गरिएको छ
अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पाेट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिनेछ । सीएनइटीको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट (जीएमटी) नेपाली समय अनुसार चैत २६ गते बिहान ८ बजेर २० मिनेटमा देखिने बताइएको छ । जसका कारण नेपालमा अत्यधिक उज्यालो हुने र चन्द्रमाको पूर्ण सुन्दरता त्यति देखिने छैन् ।

सुपरमुन शब्द सर्बप्रथम प्रयोग एस्ट्रोनामर्स रिचर्ड नालले सन् १९७९ मा गरेका हुन् । उनले त्यसबेला यसलाई पेरीजीन फुल मून नाम दिए । त्यसबेला नालले सुपरमुनका क्रममा चन्द्रमा नजिकिदाँ पृथ्वीबाट करीबन ९० प्रतिशत हिस्सा देखिने बताइ दिएका थिए ।

newskiran.com

newskiran.com

You May Also Like