भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

भारतबाट सयपत्री फूलको माला ल्याउन नपाइने भएको छ । सरकारले तिहार लक्षित भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।

आन्तरिक उत्पादनले माग माग धान्न सक्ने जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । यसपालि नेपालमा सबै ठाउँमा फूलहरु फुलेको पनि छ ।गतसाल भन्दा तिहार अलि ढिलै भएर पनि हो ।