कञ्चनपुरका प्रहरी कोरोनाबाट सचेत हुन क्वारेन्टाइन


२३ चैत २०७६/कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमा क्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानी अपनाउन थालेको छ भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए। “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो, ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बि ओपी पोष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने– “गाडीको पछाडि राखेर हाम्रो टोलीले तिनलाई गड्डाचौकी पुर्‍याएको थियो।”

सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको र उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएकाले त्यो ड्युटी टोलीलाई ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा राखिएको” खनालले बताएका छन्। हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या देखिएको छैन्।” शसस्त्र प्रहरी बलले गत सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिइ रहेको छ। दोस्रो साता लकडाउनको सुरुवात भएसँगै सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत प्रहरीले निभाएको थियो।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन्।सङ्क्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन पनि गरिरहेको उनले बताए।

सुन्दरपुरको क्वारेन्टाइनमा अहिले २५ जना बस्दै आएका छन,” उनले भने–“यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन् ।” कञ्चनपुरका ९ वटै स्थानीय तहले पनि भारत लगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेर सावधानी अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरिएको बताए। कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि र्‍यापिट टेस्टिङ किट प्रयोग गर्ने भनेर सरकारले निर्णय गरेको हो,”तर कीट नआएकाले उपाध्यायले भने–“किट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गर्नेछौँ भन्ने खबरलाई राससले दिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like