गल्लीका कुकुर खानाको खोजीमा भौँतारिन बाध्य


नेपाल सरकारले संविधानमा उल्लेख गरिएका पशुपन्छी माथि ल्याएको अधिकार हनन् गर्न खोजेको आरोप लाग्न थालेको छ। सधैँ मानिसको भीडभाड हुने सडकमा आजकल कुकुरका हुल खानाको खोजीमा सडक भौँतारिरहेका छन् ।प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीकोसृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्ण प्राणी जगतको साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको जीउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ । मानिसले लकडाउनमा आफ्नो आफ्ना परिवारका बारेमा मात्र होइन अन्य पशुपन्छीको बारेमा पनि सोच्न उनले आग्रह गरे ।अरू मानिस घरभित्रै बसिरहँदा उनी आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँडेका छन् यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ।

newskiran.com

newskiran.com

You May Also Like