राहातमा जनप्रतिनिधिले मनोमानी गरेको हल्ला


काठमान्डौ – लकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले कुम्ल्याएका छन् ।

कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानी गरेको हल्ला चलेको छ ।

दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका विपन्न वर्गलाई १ सय २ बोरा खाद्यान वितरण गरेको बताइएको छ।

बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेकचन र वडा सदस्य रुक्मीणा शर्माले लगेका थिए । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफूले घर लगेर राखेको सदस्य रुक्मीणा शर्माले स्विकार गरेकी थिइन् ।आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भवनमा राखेको चामल लगेका हुन् ।

नागरिक देखि वडाका अन्य जनप्रतिनिधि देखिले प्रश्न उठाएपछि राहत बाँडेको बताउने अध्यक्षले राहतको लिस्ट दिन सकेका थिएनन् र जवाफ दिननसक्दा स्थानीयले रुकमणिको घर समेत घेराउ गरि घर भित्र राखेको चामल निकालेर वडा कार्यालयमा लगेको स्थानीय भगवती अधिकारीले जानकारी बताइन् ।संकटको बेलामा मजदुर नागरिकलाई आएको राहत वडा अध्यक्षले नै घरमा लानु गलत भएको वडा सदस्य शान्ति सुनारको भनाई थियो ।

राहत वितरणमा अध्यक्षकै भान्जा बर्मा हरिजनलाई अध्यक्षले राखेको र उनले मनपरी गरि शुक्रबार राहत वितरण गरेको कति जनालाई भन्ने नाम लिस्ट समेत नरहेको बताएपछि थपिन लागेको नगरपालिकाले दिने ३ सय ८३ थान राहात सामग्री समेत अन्योलमा परेको छ।

स्थानीय गया चिडिमार राहत वितरण स्थलमा ३ पटक सम्म पुगेको र आफुलाई भोट नदिएको भन्दै वडा अध्यक्षले फर्काईदिएको बताए ।
वडाका कुनै पनि विपन्न नागरिकलाई नहेपी राहत वितरण गर्न भनेपनि वडा न १४ मा ठिक उल्टो भएको रावतले जानकारी दिएका छन्।।

कोहोलपुर नगरपालिकाका १४ ओटा वडाका ४३ सम्म नागरिकलाई शनिबारबाटनै पक्ष विपक्ष नगरी राहत वितरण गरिने
बताइएको छ।

newskiran.com

newskiran.com

You May Also Like