संक्रमण देश


-कैलास कुमार मल्ल ठकुरी

संक्रमण देश

सरकार बिचल्लीमा मर्नु पर्ने बेला भयो
हिमाल हेर्ने नेपालीहरु लकडाउन देख्नुपर्ने भयो।
रेमिटेन्ट्सले बाँचेको देश परिश्रमलाई छेक्नुपर्ने भयो
शरीरले सहयोग मागेको बेला एक्लै रुनुपर्ने भयो।।

दैव लाग्यो आफ्नाले पराई सोच्दै छुट्याई फ्याँके
नातागोता हैन यहाँ उतै बस भनी लेख्नु पर्ने भयो।
दुनिंया स्वार्थी रहेछ जिन्दगी प्रवासमै छट्पटाउदै छ
दु:खमा आफ्नाले त्याग्दा भक्कानिदै बस्नुपर्ने भयो।।

कोही साउदी कोही अमेरिका दु:खले स्पेन इटाली
परिवार भेट्न आउँदा पनि क्वारेन्टाइन फस्नुपर्ने भयो।
रोजगार देशमै भए आज किन यस्तो हुन्थ्यो बेहाल
नाका छेक्दै माया मार्दा बिचल्लिमा मर्नुपर्ने भयो।।

पराई हामी महामारीमा आफन्तलाई दिर्घायूको कामना
कल्पनाको समृद्ध चाहना कफिन सङ्गै बाँध्नु पर्ने भयो।
खै के भयो भयो देश संक्रमण जडित जताततै देख्छु
अनि लेख्छु आउँदैनन् फुर्दैन् सिर्जना नीति के भयो भयो।।

newskiran.com

newskiran.com

You May Also Like