काठमाडौंमा घर हुनेले पनि राहत पाउने


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाले जस्तो सुकै कामदार वा घरवाली मजदुरलाई राहात दिन सकिने बताएका छन्। शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै मेयर विद्यासुन्दर शाक्यले यस्तो बताएका हुन्।
शाक्यले‘डेरामा बस्नेलाई मात्र राहत बाँड्ने भन्ने होइन’,घरर भएरै पनि खाद्यवस्तु किनेर खान सामथ्र्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो।’तर,सरकारी सेवामा रहेका डेरावालले यस्तो राहत नपाउने उनले भनेका छन्। राहत वितरण कार्यलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडालाई सहयोग रकम निकासा गरिसकेको जानकारी दिए।

‘अहिले टोल टोल र वस्ती वस्तीमा किट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेकाले विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन पनि उनले सञ्चारकर्मीहरुसँग आग्रह गरेका छन्। विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं’, उनले भने, ‘ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ। नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ।’सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहिँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने, ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ। कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं।’

तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको र राहत पाउनु पर्ने व्यक्तिको यकिन विवरण ३२ वटै वडाबाट प्राप्त हुनेमा उनी विश्वस्त रहेका छन्।।

अत्यावश्यकीय वस्तुको बस्तीमा अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको पनि मेयरले बताएका छन्। सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको राससले बताएको छ।

newskiran.com

newskiran.com

You May Also Like