२०७६ चैत २२ गते शनिबारको राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौद्धिक व्यक्तिहरुका बीचमा आफू कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ति अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सञ्चित रकम खर्च हुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आइपर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नयाँ कार्य थालनीका निम्ति आट र साहसको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव विकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबडीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – बिश्वासिलो व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य सुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भइन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । नजिकका व्यक्तिहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन् । मध्यान पश्चात मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय व्यतित रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तिको योग रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – ईष्ट मित्र बिच सामान्य वादविवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र साहसमा वृद्धि हुनेछ । मनोरञ्जनमूलक यात्राको सम्भावना रहेको छ । मालसामान हराउन सक्ने सम्भावना रहेकोछ । अपरिचित व्यक्तिहरुको विश्वासमा नपरेकै वेश रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरवाहीले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा विशेष ध्यान दिनु होला । खुट्टा तान्ने व्यक्तिबाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) – नजिकका व्यक्तिबाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आइपर्न सक्छ । तपाईंको कार्यको फाइदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धा र पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबडीका कारण सामान्य खराबीको योग छ।

newskiran.com

newskiran.com

You May Also Like