नेपाल -भारत सीमाका नागरिकलाई देश प्रवेश रोके उजुरी बढ्ने


देश कोरोना भाइरस संक्रमणको आतंकले विच्छिप्त भइरहेको अवस्थामा नेपाल सरकारले विश्व परिस्थिति हेरेर लकडाउन गरी एक जिल्लाको नागरिक अर्को जिल्ला प्रवेशमा समेत रोक लगाइरहेको परिवेश छ।सारा नेपाली लकडाउनको विपद् खेपिरहेका तथा रोग संक्रमणको त्रासमा भएकै बेला राजनीतिक मोर्चाहरुले भने देशमा राजनीति लाभ लिने प्रयास गर्छन्।त्यस्तै परिवेश तयार गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालको मोर्चाले आगामी सोमबार वा मंगलबार सम्म सीमाका बन्धित नागरिकलाई मुलुक प्रवेश गराउन माग गरेका छन्।उनले न्युजकिरण डटकम अनलाइन संवाददातासंग कुरा गर्दै सोमबार वा मंगलबारसम्म नाकामा थुनिएका नेपालीलाई नेपाल प्रवेश नगराए संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदमा उजुरी दिने बताए। यस अघि वैद्य माओवादी लगायत मसिना दलले नागरिकहरु समस्यामा रहेको बताउँदै आएका थिए। यस्तो छ मोर्चाको विज्ञप्ति:

मिति : २०७६/१२/२१

इन्डिया सीमाको काली नदीदेखि पश्चिम इन्डिया अधीनस्थ धार्चुलाबाट नेपाल प्रवेश गर्न नेपाल सरकारले रोक लगाएपछि जतिसुकै नाराबाजी गरे पनि अन्ततः ती नेपाली निरुपाय र असहाय भई त्यहीँ थचारिएर बस्न बाध्य भएका छन् । अाफ्नो देशको माटो छोएर घरआगन पुग्न राज्यले नै मार्ग नदिएपछि उनीहरू बाबुआमा छँदाछँदै व्यवहारले टुहुरा भएका बालबालिका झैँ हतभागी भएका छन् ।यसरी आफ्नो घर फर्किने बाटो छेक्न राज्य नै लागेपछि बिचल्लीमा परेका ती नेपाली नागरिकहरू शरणार्थी हुन् कि तिनको आफ्नै देश पनि छ भन्नेमा दुबिधा उत्पन्न भएको छ । अाफ्नो देशमा प्रवेश गर्न नपाएपछि इन्डियाको प्रशासनको निगाहमा बाँच्नुपर्ने बाध्यताको सिर्जना गर्ने नेपाल सरकारले अाफ्ना नागरिकको अभिभावकत्व लिनुपर्ने नैतिक दायित्व बिर्सिएको देखिएको छ र यसबाट आफ्नै नागरिकलाई निषेध गर्ने राज्यको घिनलाग्दो व्यवहार पनि उदाङ्ग भएको छ । अाफ्ना नागरिकप्रति विभेद र निषेध गर्ने नेपाल सरकारको यो पिशाच नीतिप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ र मोर्चा अाफ्ना नागरिकहरूलाई घर न घाटको अवस्थामा पुर्‍याउने नेपाल सरकारको यो क्रियाकलापको घोर भर्त्सना गर्दछ ।
लक डाउनको अर्थ अाफ्ना नागरिकहरूलाई अपमानपूर्ण व्यवहार गर्दै आफ्नो देशको प्रवेशद्वार बन्द गरेर सिमाना बाहिर अलपत्र छाड्ने हो कि तिनलाई प्रवेश दिएर क्वारेन्टाइनमा राख्ने हो ? भन्ने प्रश्न गर्दै आगामी सोमबार वा मंगलबार सम्ममा सीमाबाहिर शरणार्थी बनाइएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ससम्मान नेपालको भूमिमा बस्ने व्यवस्था नगरे मोर्चा बाध्य भएर संयुक्त राष्ट्र संघ , मानवअधिकार परिषद् मा उजुरी गर्न बाध्य हुने जानकारी नेपाल सरकारलाई गराउँद्छ। ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

newskiran.com

newskiran.com

You May Also Like