राष्ट्रिय संगीतकर्मी संघले राहत वितरणलाई तीब्रता दिँदै


कोरोना भाइरस संक्रमणका कारण लम्बिदो लकडाउनको मारमा परेकाहरुलाई राष्ट्रिय संगीत कर्मी संघले राहत स्वरुप विभिन्न खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेको बताएको छ।
शुक्रबार सस्थाका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की सहितको राहत वितरण कार्यमा सहयोग गर्न सचिवालय सदस्य राज कुमार हुमागाइ ,रजती मार्टका प्रोपाइटर निर्देशक राजेश तिमिल्सिना प्रदेश नम्बर ३ का महासचिव राम कुमार पौडेल

जनमिडियाका प्रबन्ध निर्देशक नेत्र बहादुर कार्की सहभागी थिए।अन्य सहभागी नवलपरासी जिल्ला सदस्य गोपाल तिवारी र राजेश सिग्देल थिए ।सहभागी संयुक्त टिमले शुक्रबार चामल दाल चिउरा ग्याँस दाल नुन तेल दालमोठ लगायतका राहत सामग्रीहरु मूलपानी स्थित स्नेहा बालगृहलाई हस्तान्तरण गरेको न्युजकिरण डटकम अनलाइन खबरलाई बताएका छन्।
संचालक सुलेमान संकर ( इकु) हाँस्य कलाकार हुन् भने राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कार्की दमौलीमा गेट लोकदोहोरी गाएर चर्चामा आएका लोककलाकार हुन्।कार्कीका दमौलीमा गेट,मुना पलायो, पापी सन्सार, हल्ला चल्या छ, एस्तै रहेछ प्यार, चोयाको डोको, साथमा फोटो छ लगायत दर्जनौ गीत रहेका छ्न्।
संघले लकडाउन विपद् तथा संक्रमणमा परेकाहरुलाई राहत बाँड्ने काममा तीब्रताका साथ लागिपरेको छ।राहत सामग्री संस्थाका आजीवन सदस्य राजेश तिमिल्सिना, नवलपरासी जिल्ला अध्यक्ष राधा तिवारीको आर्टी मार्ट र राष्ट्रिय संगीतकर्मी संघ केन्द्रद्वारा व्यवस्थापन गरिएको बताइएको छ।

newskiran.com

newskiran.com

You May Also Like