रामेछापमा मजदुरको भोकमरी सुरु


विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण प्रभाव सबैभन्दा बेशी काम गरि खाने मजदुरलाई परिरहेको अवस्थामा काठमाडौँबाट रामेछापको किर्नेटार आसपासका गएर कामगर्ने मजदुरहरु खान नपाएर भोकभोकै बसिरहेको पाइएको छ । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौँको अफिसमा वेल्डिङ ग्रिडिङ् काम गर्दै हिंड्ने रमेश नेपालले न्युजकिरण डटकम अनलाइनसँगको कुराकानीमा भने,लकडाउनले हामी भोकभोकै मर्ने भयौँ,”केही हप्ता अघिमात्र हामी रामेछापको किर्नेटार नजिकै काम गर्न आएका थयौँ। सानो पसल थियो हामी त्यही खाना खान्थ्यौँ तर त्यहाँ अहिले सबै सामान सकिएकाले हामीलाई भोकै बस्नुको विकल्प छैन्।मैले सुगरको दबाई खाइरहेको थिएँ आजबाट त्यो पनि सकियो ।दबाई खान हस्पिटल छैन् अब के गर्ने होला।हामी बर्दियाका चार चौधरी भाईहरु मनोज थारु, सुनिल थारु,सिकु थारु र विकु थारु र म रमेश नेपाल समेत गरी पाँचजना छौँ। लकडाउन छिटै खुल्ला र हामी काम सकेर काठमाडौँ फकौँला भन्ने सोचमा आएका थियौँ तर विडम्बना न हाम्रो यहाँ काम सकियो न घर जान नै पाइयो।काम नसकी हामीलाई पैसा पनि मिल्दैन् न पैसा छ,न काम छ, न घर फर्कन गाडी चल्छ।हामी अलपत्रमा परिरहेका छौँ।”
त्यस्तै र यस्तै समस्यामा अहिले देशभरको गरिखाने वर्ग मजदुरहरुको समस्या रहे पनि दैवी प्रकोपको महामारीमा सबैले जहाँ जसरी सकिन्छ त्यहाँ त्यसरी नै जिउनुपर्ने उद्देश्य सहित नेपाल सरकारले लकडाउनलाई झन कडा पार्दै लगेको आज दशौँ दिन भइरहेको छ।मजदुरलाई भने दश दिनमै भोकमरीको दशा सुरु भएको छ।सम्बन्धित सरोकारवालाहरुले राहत तथा व्यवस्थापन गर्नु अहिलेको अपरिहार्यता हो।

newskiran.com

newskiran.com

You May Also Like