महालक्ष्मीको ध्यान नयाँ मानिस प्रवेशको त्रासमा


विदेशी नागरिक नेपालमा छिर्नासाथ कोरोना त्रास बढिरहेकै बेला इन्डोयशियाली लगायत मुलुकका विदेशी नागरिक सप्तरी जिल्लाबाट महालक्ष्मी नगर नजिकै रहेको मस्जिदमा विहिबार ल्याइए पछि नगरबासीमा त्रास उत्पन्न भएको छ।महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले विहिबार बिहान ८ बजेतिर जिल्ला प्रशासनका भागिरथ न्यौपानेलाई १३ जना मस्जिदमा नयाँ मान्छे ल्याइएको जानकारी गराएका थिए।उनीहरु २ महिना देखि नेपालमा नै बस्दै आएको भएपनि ती मध्ये केहीलाई रुघाखोकी चेक तथा कोरोना भाइरस संक्रमण चेक गरेर शीघ्र क्वारेनटाइन्मा राख्ने प्रयास भइरहेको मेयर रामेश्वरले बताएका छन् ।ती संक्रमितहरु हुन वा होइनन् भनेर आशंका नजाँची गर्न नसकिने मेयरको दाबी छ ।

विहिबार दिउँसो ३:३० बजे पत्रकार दिपक अर्याल र रामहरि कार्कीले नगर पालिकामा बसेका ती नागरिकबारे बुझ्ने प्रयास गरेका थिए।स्थानीयले भने मस्जिदमा उनीहरुलाई संक्रमण छ छैन् चेक गरेर राख्नुपर्ने नत्र दुतावासमा बुझाई दिन माग गर्दै मस्जिदमा भिडभाड जमाउँदै गरेको केही तस्बीर दृश्य न्युजकिरण डटकम अनलाइनन न्युजले दिपक अर्यालको फेसबुक लाइभ पेजबाट लिएको हो।त्यसो त महालक्ष्मी नगरमा लकडाउन को बेवास्ता गर्दै स्थानीय पुरुषहरु घरबाहिरै तास खेलेर बस्ने र महिलाहरु गफ चुटेर हावा खाँदै घरबाहिर नबसेका भने पट्टक्कै होइनन्।


newskiran.com

newskiran.com

You May Also Like