सरकारलाई सहयोग प्रतिस्पर्धा,अक्षय कुमारले गरे ५० करोड सहयोग

बलिउड अभिनेता अक्षय कुमारले भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा ४० करोड रूपैयाँ सहयोग दिने भएका छन्।।आफ्नो आधिकारिक ट्विटरमार्फत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको कोषमा २५ करोड भारू दिने बताएका हुन्।यो कोषमा यति धेरै रकम दिने बलिउड कलाकार सायद अक्षय नै हुन्।

अक्षयले भनेका छन्, ‘यति बेला मान्छेको जीवनभन्दा महत्वपूर्ण केही छैन। त्यसैले हामीले जे-जसरी गर्न सकिन्छ, गर्नुपर्छ। म प्रधानमन्त्री कोषमा २५ करोड भारू सहयोग गर्दैछु। आउनुस्, जीवन बचाऔं।’
उनको यो निर्णयमा आफूलाई गर्व लागेको बताउँदै उनकी श्रीमती ट्विंकल खन्नाले पनि ट्विट गर्दै भनेकी छन्, ‘यो मान्छेले मलाई गर्व महशुस गराउँछ। यति धेरै रकमबारे जब मैले उनलाई यो निर्णय पक्का हो भनेर सोधेँ उनले यत्ति मात्र भने- मसँग केही पनि थिएन। तर आज यो स्थितिमा पुगेको छु। केही पनि नभएकाहरूका लागि म केही गर्न सक्छु भने आफूलाई कसरी रोकूँ?’
सामाजिक सञ्जालमा भने अहिले अक्षयको सहयोगबारे खुबै चर्चा परिचर्चा भइरहेको छ।
यसअघि बाहुबली’ अभिनेता प्रभासले ६ करोड ४० लाख, पवन कल्याणले तीन करोड २० लाख, महेश बाबूले एक करोड ६० लाख, अलु अर्जुनले ४० लाख, राम चरणले एक करोड बाह्र लाख रूपैयाँ सहयोग दिइसकेका छन्।
रजनीकान्तले मजदुरहरूको सहयोगका लागि ८० लाख रूपैयाँ गरेका छन्।कमेडियन कपिल शर्माले पनि ८० लाख रूपैयाँ सहयोग गरेका छन्। कमल हसनले आफ्नो घरलाई नै अस्पताल बनाउन दिने बताएका छन्।

newskiran.com

newskiran.com

You May Also Like