विपद् व्यवस्थापनमा समितिमार्फत खर्च गर्न महालक्ष्मी नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ।हालक्ष्मी नगर विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठ्कले दैनिकी चलाउन कठीन भएका ज्याला/मजदुरलाई आवश्यक खाद्यान्नको व्यवस्था गर्ने निर्णय गरेको छ। नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार त्यसका लागि नगरपालिकाले वडा कार्यालयमार्फत विवरण संकलन गर्ने छ र त्यसमा विभिन्न संघसंस्थाले मिलेर वडाकार्यालयसंग समन्वय गरी सहयो गर्न सक्ने छन्।आधिकारिक विवरण प्राप्तका आधारमा दैनिक कमाएर गुजारा गर्नेहरुका लागि आवश्यक व्यवस्था पनि मिलाउने मेयर श्रेष्ठले बताएका छन् ।
नगरपालिकाले विदेशबाट आएकाहरुको लगत संकलन गरेको र अझै कडाइका साथ गरिने बताउँदै उनीहरुलाई जाँच गरिएको र सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरिएको जानकारी दिए ।
किराना पसल र डिपार्टमेन्ट स्टोरमा इनामेलले चिनो लगाएर एक–एक मिटरको फरकमा ग्राहकलाई लाइनमा राख्न पनि निर्देशन दिइ सकिको छ ।त्यस्तै, नगरपालिकाले किस्ट हस्पिटलसँगको सहकार्यमा ६० आइसोलेसन बेड र २० वटा आईसीयुको व्यवस्था गरेको छ ।नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ। प्राकृतिक प्रकोप, महामारीजस्ता विपद्को अवस्थामा उक्त सो रकम खर्च गरिने पनि मेयर रामेश्वरले बताएका छन्।उनले नगर र वडालाई समन्वय नगरी कसैले केही गर्न नपाउने नगरको निर्णय छ को पनि ब्याख्या गरे।