रामेछाप पिकअप दुर्घटनामा २८ घाइते


पिकअप बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्य विनायकबाट रामेछाप दोरम्बा तिर जाँदै गरेको बा १४ च ९४९८ पिकअप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घट्नाको जानकारी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले दिए । प्रहरी नायव उपरिक्षक पाठकका अनुसार दुर्घटनामा परी दोरम्बा गाउँपालिका २ कि २५ वर्षीया संगीता पहरीको ज्यान गएको छ । मृतक संगिताको धुलिखेल अस्पतालमा र गोपीलालको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । घाइते २५ जनाको धुलिखेल अस्पताल र अन्य ५ जनाको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको उनले बताए । पाठकले बोलेरोको तायर रड भाँचिएर दुर्घटना भएको चालकको बयानबाट लिइएको बताए । उनका अनुसार सरकारले थप एकहप्ता लकडाउन घोषणा गरेपछि बोलेरोमा सबै नातेदार र आफन्तहरुका परिवार आएको खबर तामाकोशी अनलाइनमा प्रकाशित छ।।

newskiran.com

newskiran.com

You May Also Like