कसरी नियन्त्रण गरियो त दक्षिण कोरियाको विपत परिस्थिति


एजेन्सी /चीनपछि कोरोनाको बढी जोखिम राष्ट्रका रुपमा दक्षिण कोरियालाई लिइएको थियो । कोरियामा ठूलो महामारी र विनाश कोरोनाबाट आउन सक्छ भन्ने सबै मानिसलाई लागेको थियो।
तर उसले यसरी नियन्त्रण लियो कि कोरोना यो पुरै विश्वलाई नयाँ शबक नै बनेर देखाइदियो ।अहिले कोरोना प्रभावित देशको आठौं सूचीमा छ दक्षिण कोरीया जसमा केही दिन अघिको तथ्याङ्क अनुसार ९०३७ जना मात्र कोरोना संक्रमित भेटिएका छन् भने ३५ सय मानिस निको भएर घर फर्किसकेका बताइएको छ । एक सय २९ जनाको मृत्यु भएको कोरियामा गम्भीर बिरामी संख्या ५९ रहेका छन्। जुन चीन, ईटाली, ईरान स्पेन, फ्रान्स र अमेरिकाको तुलनामा अति कम हो । मार्च ९ सम्म ८ हजार बिरामी थिए त अरु पछि सामान्य स्तरमा बढेका थिए । पछिल्लो दुई दिनमा केबल १२ जना संक्रमित भेटिएका थिए । पहिलो संक्रमण देखिए देखि नै दक्षिण कोरियाले न लक डाउन गर्यो न त बजार बन्द नै ।आखिर के गर्यो त हेर्नुहोस् उनीहरुको सुत्रः-

१.दश मिनेटमा जाँच,एक घण्टामा रिपोर्ट:

द. कोरियाका बिदेश मन्त्री कांग युगं वाले तुरुन्तै परीक्षण र गुणस्तरीय उपचारका कारण कोरोनाको संक्रमण घटेको र मृत्यु पनि कम भएको बताए । हामीले ६ सय भन्दा धेरै परीक्षण केन्द्र खोलेका छौं, ५० भन्दा बढी ड्राईभिगं स्टेसनमा स्क्रीनिगं गरिएको र रिमोट टेम्परेचर स्क्यानर र घाटीको समस्याको परीक्षण यी सबैमा केवल १० मिनेट मात्रै लाग्छ । त्यस पछि सै रिपोर्ट एक घण्टामा आउने मिलाईयो । हामीले हरेक ठाउँमा पारदर्शी फोनबुथलाई परीक्षण केन्द्रमा बदल्यौं । यसले धेरै राम्रो भएको मन्त्री वागंले बताएका थिए।

२.हरेक ठाँउमा थर्मल ईमेजिगं क्यामरा:

कोरीयामा संक्रमण परीक्षण गर्नका लागि सरकारले ठूलो भवनहरु, होटल,पार्किगं,सार्वजनिक स्थलहरुमा थर्मल ईमेजिगं क्यामरा लगायो । जसले ज्वरो आएको व्यक्तिको तुरुन्तै पहिचान गर्न सजिलो भयो । रेष्टुरेन्टले पनि ज्वरो नापेर मात्रै ग्राहकहरुलाई भित्र छिर्न दियो ।

३.हात प्रयोग गर्ने नँया तरिका:

द. कोरियाका विषेशज्ञहरुले हात प्रयोग गर्ने नयाँ तरीका सिकाए । यदी मानिसहरु दाँया हातले काम गरीरहेका छन् भने मोबाईल चलाउने,ढोकाको ह्याण्डल समात्ने र छोटा छोटा काममा बाँया हात प्रयोग गर्न सल्लाह दिए । यसै गरी बायाँ हातले धेरै काम गर्नेहरुलाई दायाँ हात प्रयोग गर्न सल्लाह दिईयो । यस्तो किन गरियो भने जुन मान्छै दैनिक कामहरु जुन हातले बढी काम गर्छन् त्यही हात अक्सर अनुहारमा जान्छ । यो तरीका र विधि सामाजिक सञ्जालमा निकै भाईरल बनेको थियो ।

४.टेस्टिंग किट दैनिक एक लाख उत्पादन:

जनवरीमा पहिलो संक्रमण पुष्टी भए पछि सबै भन्दा पहिला औषधी कम्पनीहरुसगँ मिलेर टेष्टिगं किट बनाईयो । दुई सातामै जब संक्रमणको संख्या बढ्यो हरेक क्षेत्रमा टेष्टिगं किट उपलव्ध गरीयो । आज दक्षिण कोरीयाले दैनिक एक लाख टेष्टिगं किट उत्पादन गरीरहेको छ । अहिले १७ देशमा दक्षिण कोरीयाले यसको निर्यात गरीरहेको छ ।

५.न बजार बन्द, न मान्छेमा प्रतिबन्ध:

कोरोना संक्रमण शुरु भए पछि पनि दक्षिण कोरीयाले बजार एकै दिन बन्द गरेन, मान्छेलाई हिडडुल गर्न छेकेन । बरु सबै क्षेत्रमा परीक्षणको व्यवस्था गर्यो । मल,पसल, कम्लेक्स,सिनेमा, रेष्टुरेन्ट आदि कुनै पनि क्षेत्रमा कहिल्यै प्रतिवन्ध लगाएन उसले । मान्छेलाई भेला हिड्न कतै प्रतिवन्ध गरिएन । सन् २००५ मा मर्स भाईरस नियन्त्रण गर्दा अपनाएको सुरक्षाप्रणाली नै दक्षिण कोरीयाले अपनायो । अहिले कोरोना उसको काबुमा छ । मृत्यु कम छ , बिरामीहरु घटिरहेका छन् । जनताको जीवन चलिरहेकै छ ।

अत: नेपालमा अहिले मकै छर्न धमाधम छ।उत्पादन भन्दा व्यवसायिक आत्म निर्भरतामा अडेको मुलुकमा लकडाउन समय परिस्थिति अनुसार चलाएर राजनीति होइन? देश कसरी सुखी सम्पन्न र आत्मनिर्भर बनाउने तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ।घर परिवार र सम्पत्ति, पद, प्रतिष्ठा जोगाउने भन्दानी राष्ट्र र राष्ट्रियता जोगाउने भूमिकामा रहौं।रोग नियन्त्रणमा शीघ्रता अपनाऔं।

newskiran.com

newskiran.com

You May Also Like