गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले एक भिडियो मार्फत लकडाउनलाई अवस्था हेरेर निरन्तरता दिने बताएका छन्।सो रेकर्ड पथिकको फेसबुकवालमा आइतबार दिउँसो राखिएको थियो।एक मन्त्रीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठ्कले ७ दिन लकडाउन बढाउने निर्णय गरेको बताएका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठ्कले यस अघि जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठ्कले लकडाउन ७ दिन थप्ने निर्णय गरेको छ ।
सरकारले कोरोना भाइरसको जोखिम रोक्नका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एकसाता लकडाउनको
घोषणा गरेको थियो। सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदै गर्दा सरकारले पुनः थप ७ दिन लकडाउन म्याद बढाएपछि २५ गतेसम्म लकडाउन गरिने निर्णय भएको सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन्।अहिले ५ जनामा कोरोनाको संक्रमण देखिइ सकेको छ भने आइतबार विदेशबाट संक्रमण जाँच्न कीट पनि झिकाइ सकिएको छ।आइतबार साँझ बसेको मन्त्री परिषद्को बैठ्कले गरेका निर्णयमा राहात वितरण गर्ने,निजी विद्यालयलाई एक महिनाको विद्यार्थी शुल्क छुट गराउने,घरबहालवालहरुलाई एक महिना भाडा नलिन अनुरोध गर्ने,चैत महिना सम्मको तलब अफिसले कर्मचारीलाई खुवाउन लगाउने र कोरोना भाइरस संक्रमण रोक्न प्रदेश स्तरीय योजना बनाउने आदि रहेका छन्।
यो पनि पढौँः-
गृहमन्त्री राम बहादुर थापाले कसरी जनतालाई आपूर्ति सहज तुल्याउन सकिन्छ भनेर आपूर्ति मन्त्रालय र महानगर तथा नगरका प्रमुख सम्मिलित बैठ्क राखी आइतबार १० बुँदे निर्णय पारित गरेका छन्।बैठ्कमा छिमेकी मुलुकले पनि लकडाउन गरेको र नेपालमा अझै संक्रमण परिस्थिति प्रतिकूल हुन गएमा
लकडाउनको निरन्तरता रहने बताएका छन्।उनले मजदुर र मध्यम वर्गीयहरुलाई सहरमा अझै संकट पर्ने बताएका छन्।