काभ्रेमा पिङ हाल्दा लडेका व्यक्तिको मृत्यु

पिङ हाल्न डाेरी बाँध्ने क्रममा रुखबाट लडेर एक पुरुषको निधन भएको छ। भुम्लु गाउँपालिका -६ ,कोलातीका ५० वर्षीय गणेश परियारको पिङ हाल्ने क्रममा रुखबाट लडेर निधन भएको हो।

दसैँको खुसीयालीमा बरको रुखमा साथीहरुसँग मिलेर पिङ थाप्न गएका परियार पिङको लट्ठा बाँध्न लाग्दा हात चिप्लिएर रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते परियारको धुलिखेल अस्पतालमा उपचारको क्रममा कात्तिक ५ गते दिउँसो निधन भएको छ।उनका दुई छोरा मध्ये एक छोरा इन्डियाबाट भर्खरै घर आएका छन् भने अर्का नाबालक ७ वर्षीय छन् ।

शव पोस्टमार्टमपछि आफ्न्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।