रामेछाप क्वारेन्टाइनमा बस्नेको खानपान स्थानीय सरकारले मिलाउने


रामेछाप जिल्ला भित्रिएका ५४ जनालाई रामेछाप जिल्लाले क्वारेन्टाइनमा राखेको छ । छिमेकी मुलुक भारत लगायत विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ६ जना, रामेछाप नगरपालिकामा १७ जना ,खाँडादेवी गाउँपालिकामा १० र लिखु तामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ।’यो शनिबारको रिपोर्ट हो, ‘जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले भने । ”
१ जना ज्वरो आएको बिरामीलाई आइसोलेसनमा राखेर उपचार भई रहेको छ ।तामाकोसी अस्पताल मन्थलीमा आइसोलेसनमा भर्ना भएका उनको ज्वरो घटेकाले नमुना परीक्षणका लागि पठाइएको छैन् । उनको मौसमी ज्वरो भएकाले आइसोलेसमा राखेर छुट्टै उपचार गरिएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरेले बताएका छन् ।स्वास्थ्यमा राम्रो सुधार आएपछि एकदुई दिनमा उनलाई डिस्चार्ज गरिने घिमिरेले बताएका छन्।
।जिल्लाका विभिन्न पालिकाहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ४५ वटा आइसोलेसन कक्षहरु र १ सय ६७ क्वारेन्टाइन स्थापना गरिएका छन् । हालसम्म मन्थली नगरपालिकामा २२ वटा, रामेछाप नगरपालिकामा ४ वटा, दोरम्बा गाउँपालिकामा ७ वटा र सुनापति गाउँपालिकामा ६ वटा आइसोलेसन सेन्टर स्थापना पूरा गरिएको कर्णले बताए ।
मन्थली नगरपालिकामा २० वटा , रामेछाप नगरपालिकामा ६० वटा ,दोरम्बा गाउँपालिकामा ८ वटा , खाँडादेवी गाउँपालिकामा २० वटा , गोकुलगंगा गाउँपालिकामा १५ वटा , उमाकुण्ड गाउँपालिकामा २८ वटा र लिखुतामाकोशी गाउँपालिकामा १६ वटा क्वारेन्टाइन स्थापना गरिएको छ।सामुयदायिक क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्दा खाने बस्ने व्यवस्था स्थानीय सरकारले मिलाउने प्रवन्ध पनि गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like