नेपाल शिक्षक महासंघले १ करोड सहयोग हस्तान्तरण गर्ने


सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ का लागि नेपाल शिक्षक महासंघले १ करोड सहयोग हस्तान्तरण गर्ने भएको छ।विद्यालय तहमा कार्यरत शिक्षकबाट १ दिनको पारिश्रमिक उठाइने र महासंघमा जम्मा गरी एकमुष्ट सरकारलाई हस्तान्तरण गर्ने निर्णय नेपाल शिक्षक महासंघले शुक्रबार गरेको हो ।

महासंघले कोषमा केही दिनभित्र न्यूनतम १ करोड रुपैयाँ हस्तान्तरण गर्ने बताएको छ । सरकारी प्रयास तथा अभियानमा देशभरका शिक्षकको ऐक्यवद्धता रहेको उल्लेख गर्दै शिक्षकले महासंघलाई सहयोग गर्ने र महासंघले एकमुष्ट रूपमा सरकारलाई सहयोग रकम हस्तान्तरण गर्ने योजना रहेको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।सार्वजनिक विद्यालयमा स्थायी राहत तथा निजीसमेत गर्दा झन्डै २ लाख सदस्यले सहयोग गर्ने अनुमान थापाले गरेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like