रामेछापबाट काठमाडौं ल्याउन लाग्ने बिरामीलाई खर्च कान्छारामले बेहोर्ने


नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापबाट काठमाण्डौ सम्म बिरामी लैजादा लाग्ने एम्बुलेन्स खर्च आफूले बेहोर्ने बताएका छन् ।कोरोना भाइरसको संक्रमण र अन्य जुनसुकै कारण बिरामी भई जिल्लामा उपचार हुन नसकेर काठमाण्डौं लैजानु पर्ने भएमा चालकलाई भत्ता सहित एम्बुलेन्स खर्च बेहोरिने बताएका हुन् ।

प्रतिनिधिसभाको उम्मेद्वार समेत रहेका तामाङले शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछाप मार्फत जिल्लाभर वितरण गरिएका एम्बुलेन्सका लागि लाग्ने खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोही बिरामी परेर काठमाण्डौ ल्याउनु पर्ने भएमा यो विपत समयभर शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान मार्फत वितरण गरिएका एम्बुलेन्सको खर्च मैले बेहोर्नेछु।’शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान मार्फत नेता तामाङद्वारा वितरण गरिएका १२ वटा एम्बुलेन्स अहिले जिल्लामा संचालित छन् ।

अत्यावश्यक परेर एम्बुलेन्स चाहिएमा एम्बुलेन्स चालकको अतिरिक्त समन्वयको तल उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क पनि गर्न सकिने उनले बताएका छन् ।
सम्पर्कका लागि तल नम्बर दिइएका छन्:-
कान्छाराम तामाङः ९८५१०५८६३२, नेपाली काग्रेस जिल्ला सचिवः लेखबहादुर कार्कीः ९८५११७०३४४, रामेछाप सामुदायिक अस्पतालका अध्यक्ष नारायणदाश श्रेष्ठः ९८५१०४९९६९ र पत्रकार टीकाप्रसाद भट्टः ९८५४०४०१०३

newskiran.com

newskiran.com

You May Also Like