हिंड्दाहिंड्दै बनेका समाचारका विषयबस्तु

आजभोलि हरेकले हातमा मोबाइल बोकेर डुलिरहेका हुन्छन्। कोही आफ्नै सेल्फी हान्न, कोही गेम खेल्न,कोही फेसबुक चलाउन, त कोही पत्रकारिता गर्नेहरु मोबाइल बोकेर घर बाहिर निस्केका हुन्छन्।मोबाइलको सदुपयोग गर्ने वा दुरुपयोग गर्ने मोबाइल चालकमै विषयवस्तु निहीत रहने गर्दछ।

यो माथिको तस्बीर हिरामणि दुःखीको फेबुकवालबाट लिइएको हो।उनले जाँतोमा दाल लगायत चिजहरु पिसिरहेको दृश्यलाई न्युजकिरण डटकम अनलाइन खबरले उनकै फेसबुकवालबाट साभार गरेको हो।उनले १३ गते लकडाउनको दिन भन्दै कहिले जाँतो पिंधिरहेका भिडियो त कहिले सिस्नु टिपिरहेको भिडियो हालिरहेका थिए।नेपालीहरुले गाउँघरमा यस्तै जाँतोमा पिंधेको च्याँख्ला र वनतिर टिपेको सिस्नु खाने गर्छन्।तिनीहरु निरोगी हुन्छन्। तिनीहरुलाई सानोतिनो रोगले छोएको पनि देखिंदैन्।दुःखी प्रगतिवादी साहित्यकार हुन्।बाँकि चित्र आफै बोल्छः-

हरिसिद्धिमा एउटा खाना पसलमा एकजना महिला खाना खाइरहेकी थिइन्।उनको खाना खुवाइयो तलको दृश्य हेर्दा लाग्थ्यो उनी लकडाउनले आत्मबल नै लकडाउन भएकी बेसहारा ज्यामी वा मजदुर हुँदी हुन्। सायद खाना खाएर पसलेलाई तिर्ने पैसा पनि तिनको साथमा थियो थिएन् ।

तल चित्रमा देखिएका कुकुरहरु हात्तीवन मासुपसल नजिकै लम्पट भएर सुतिरहेका छन्।मासुपसल बन्द छ ।खुलेपनि मासुपसलेले दिए त ती कुकुरहरुले खान पाउँछन् नत्र सडक कुरेर बस्नु र कतै खान पाए भुक्नु बाहेक ती कुकुरहरुको काम केही देखिदैन्।न्युज किरण डटकम अनलाइन खबरका संवाददाताले त्यस भेगमा सडकका कुकुरले मान्छे टोकेर हैरान पार्छ भन्ने स्थानीयको गुनासोको आधारमा ती ४ टोक्ने कुकुरहरुको तस्बीर खिचेको हो।

(कृपया पढेपछि सुझावका लागि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।)

newskiran.com

newskiran.com

You May Also Like