बैंकहरुले कोरोनाका लागि ५० करोड बढी सहयोग गर्दै


कोरोना भाइरस संक्रमण ,रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म यी बैंकहरुले सहायता रकम जम्मा गरिरहेका छन् ।

ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख

ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाल बैंकले १ करोड :-

कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कृषि विकास बैंकले १ करोड २५ लाख :-

कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय सहकारी बैंकले ११ लाख ११ हजार :-

नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

त्यस्तै सरकारले खडा गरेको कोरोना कोषमा कर्पोरेट हाउसहरुले पनि सहयोग गरेका छन् हालसम्म लक्ष्मी र विशाल ग्रुपले सहयोग गरेका छन् ।

लक्ष्मी ग्रुपले १ करोड :-

लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले विश्व व्यापीरुपमा फैलिएको रोगको महमारीको संकटलाई सहयोग घोषणा गरेको बताएका हुन् ।

विशाल ग्रुपले कोरोना १ करोड:-

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like