सरकारले देशभर घोषणा गरेको लकडाउन स्वागत योग्य रहेको बताउँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन ।तर,कसरी सरकारले ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु समक्ष राहात प्याकेज पुर्याउने भने जस्तो सजिलो छैन्।कि भारतमा झैं रासनकार्ड को व्यवस्था हुनुपर्थ्यो कि तुरुन्त घरबेटीसँग ज्याला मजदुरीवाल कामदारको डाटा माग्न सक्नु पर्थ्यो।कतिपयले यस्तो ट्वीटलाई हावादारी मानेका छन्।
जे होस्‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।