साइकल यात्रीलाई भाटा हान्ने प्रहरीलाई विभागीय कार्बाही

लाठी हान्ने प्रहरीलाई कारबाही हुने भएको छ । बुधबार लकडाउनको उल्लङ्घन गर्दै साइकल चलाएर आइरहेका एक युवालाई लाठी हान्ने प्रहरीलाई कार्बाही हुने भएको छ।प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका दुई हवल्दारमाथि विभागिय कारबाही हुने भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए ।कोरोना भाइरसको संक्रमण फैलन नदिने भन्दै सरकारले मंगलबार देखि देशभर साताव्यापी लकडाउन सुरू गरेको थियो।

newskiran.com

newskiran.com

You May Also Like