कोरोना संक्रमणबाट विहिबार बिहान सम्म विश्वभरका ३१ हजार १ सय ९१ को मृत्यु


विश्वभर कोरोना भाइरस संक्रमित ४ लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भइसकेको छ भने विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार बिहानसम्ममा २१ हजार १ सय ९१ जना रहेका छन्।सुरूमा चीनमा संक्रमणको नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिरहेको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा ७ हजार ५०३, स्पेनमा तीन हजार ६४७ पुगेको छ भने चीनमा तीन हजार २८७ रहेको छ । भाइरस सङ्क्रमणका कारण बिरामी परेका चार लाख ४० हजार १४५ मध्ये एक लाख ११ हजार ९४२ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ भने दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठन(WHO)ले बताएको छ ।

युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमित हुनेको कुल संख्या अझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like