राजेन्द्र कुमार कार्कीले ल्याए नयाँ गीत बुट्टा भरेर बजारमा

राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले नयाँ गीत बुट्टा भरेर बजारमा ल्याएका छन् । कलाकार विष्णु खत्रीको संगीत र राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की, राज कुमार हुमागाईं र श्रीदेवी देवकोटाले दिएका छन् । कार्कीले मिलन फिल्मस् प्रोडक्सन प्रा.लि. युटुब च्यानल मार्फत नयाँ गीत बजारमा ल्याएका हुन् ।

म्युजिक भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन अमन राणा छायांकन तथा ड्रोन जनक राज अधिकारी सम्पादन रोशन धितालको रहेछ । गीतको एरेन्ज कमल सौरागको छ भने गितलाई मारूनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । फाइनल मिक्सिङ्ग कुमार राणा मगरको रहेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराउने आशा गरिएको छ ।