उडान र सीमानाका बन्द विरुद्ध रिट


सरकारले हवाई उडान र सीमानाका बन्द गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ। नेपालीलाई घर फर्कन नपाउने गरी सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट परेको हो।
अधिवक्ताद्वय माधव बस्नेत र मीना बस्नेतले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। यसको पुष्टि सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालले गरेका छन्।
सरकारले विपद्को बेलामा आफ्ना नागरिकको उद्धार र उपचारल गर्नुपर्नेमा देश आउन खोज्नेलाई पनि रोकेको भन्दै रिट हालिएको छ। रिटमा वैधरूपमा नागरिकलाई देशमा आउन असहज बनाएको जिकिर पनि गरिएको छ। यो रोकले विदेशका नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन भएको रिटमा उल्लेख छ।
रिटमा देशभर नागरिकलाई क्वारेन्टाइनमा राख्ने स्थान तयार भएका, होटल, संघ-संस्था र नागरिकस्तरबाट सरकारलाई सहयोग जुटिरहँदा विदेशका नेपालीलाई त्यहीँ ज्यान जोखिममा राखेर बस्न बाध्य बनाइएको दाबी रिटवालद्वारा गरिएको छ।
अधिवक्ताद्वयले नेपाल आउनेलाई प्रवेश निषेध नगर्ने आदेश दिन सर्वोच्चसँग माग गरिएको छ। सोमबार परेको रिटको सुनुवाइ हुने-नहुने भने केही टुंगो छैन्। कोरोनाको त्रासका कारण सर्वोच्चसहित सबै अदालत बन्द रहेकाले रिट अघि बढ्ने नबढ्ने टुंगो नभएको खबरलाई थाहा खबरबाट साभार गरिएको हो।

newskiran.com

newskiran.com

You May Also Like