नेपालमा कोरोना भाइरस बिरामी संख्या ३ पुग्यो


नेपालमा अहिलेसम्म ६८७ जनाको कोरोना भाइरस नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । ३ जनामा भने कोरोना भाइरस पोजेटिभ देखिएको छ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएपछि बुधबार तेस्रो संक्रमित भेटिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like