कोरोना भाइरसका लागि वागमती प्रदेशबाट १० करोडको कोष स्थापना


वागमती प्रदेश सरकारले कोरोना भाइरस उपचारकोष स्थापना गरेको बताएको छ । प्रदेश सरकारको हालै सम्पन्न बैठ्कले १० करोडको आपत्कालीन कोष स्थापना गरेको हो । बागमती प्रदेशका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विश्वभर नै महामारीको रुपमा फैलिएको र रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषका स्थापना गरिएको बताएका छन् ।

कोषमा रकम जम्मा गर्न सरकारले सर्वसाधारणलाई समेत आह्वान गरेको बताउँदै उनले प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय समेत भएको बताए । ढुंगेलले कोषको रकम कोरोना रोकथामका निम्ति आवश्यक व्यक्तिगत सुरक्षा सामग्री , स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यबस्थाको प्रवन्ध मिलाउन खर्च गरिने बताएका छन् । उनले कोरोना आपत्कालीन कोषमा इच्छा हुने व्यक्ति एवम् संस्थाहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन्। ।

newskiran.com

newskiran.com

You May Also Like