रुसमा बुधबार ७.५ को भूकम्प

रुसको सुदूरपूर्व इलाकाको कुरिल आइल्याण्डमा बुधवार ७.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।युनाईटेड स्टेट जियोलजिकल सर्वेका अनुसार अहिले सम्म धनजनको क्षति के कति भयो भन्ने कुराको जानकारी आईसकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयानुसार वुधवार विहान दोश्रो प्रहरमा रुस भरि नै भूकम्पको झड्का महशुस गरिएको थियो ।भूकम्पको केन्द्रबिन्दु भने पृथ्वीबाट ५६.७ किलोमिटर तल रहेको बताइएको छ । भूकम्प पछि ५६सय किलोमिटर टाढा हवाईमा सूनामी अलर्ट जारी गरिएको छ ।

त्यहाँका बासिन्दाहरु आफ्नो घरबाट टाढा गएको सञ्चारमाध्यमहरुले बताएका छन् । रुसको कुरील एउटा सानो बस्ती हो । जहाँ २५०० लगभग जनसंख्या रहेको छ ।सुरुमा भूकम्पको ७.८ को भएको बताइए पनि पछि सँच्याएर ७.५ को भूकम्प गएको बताइएको छ । एजेन्सीबाट

newskiran.com

newskiran.com

You May Also Like