यशूले कोरोना भाइरस निको पार्छ भन्ने पास्चर पक्राउ

यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन् । सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्यलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएससी राजकुमार केसीले जानकारी दिए अनुसार आचार्यलाई कास्की जिल्ला अदालतमा म्याद थप्नका लागि लगिएको छ ।कोरोनाको त्रास फैलिरहेको बेला उनले विभिन्न मानिसहरूलाई भेला गरी “यशूले कोरोनाभाइरस निको पार्ने” लगायतका भ्रम फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेका हुन् ।

सामाजिक सञ्जालमा यसअघि उनको भिडियो भाइरल भएको थियो । डि एस पीले भने, उनीविरूद्ध मुलुकी संहिताको दफा ७० अनुसार अफवाह फैलाएको ठहर गरी कानुनी कार्बाही अघि बढ्नेछ। ।

newskiran.com

newskiran.com

You May Also Like