घरभाडा मिनाहा गर्नुपर्ने माग उठ्यो


उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै भाडावाल सरोकार समाज नेपालले तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ ।

बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष रहेकाले विशेष छुट दिन पनि आग्रह गरेको छ ।तर,घरभाडा लिने वा मिनाहा दिने भन्नेबारेमा हालसम्म कुनै घरबेटीहरुले मुख खोलेका छैनन्।कोरोना संक्रमण अवस्थालाई आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like