रामेछापमा कडा निषेधाज्ञा जारी

०७२ सालको भूकम्पीय विनासले थलिएको देशमा विगतमा नाकाबन्दी र वर्तमान राजनीतिक संक्रमणमा गुज्रिरहेकै हो।यस्तै संयोग मिल्सिएर कोरोना अर्को समस्या बन्दै मुलुकमा छिरेको छ।नेपालमा कोरोना हाल सम्म २ जना बाहेकमा भेटिएको छैन्।तर,त्यसको त्रास २ करोड बढी नेपालीमा छाइरहेको छ।राजधानी लगायत जिल्लामा कतै कर्फ्यु,कतै निषेधाज्ञा र लकडाउन चलिरहेकै बेला रामेछाप मन्थलीमा पनि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा चैत ११ गतेदेखि १८ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छिन्।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा सोमबार एक सूचना जारी गरी संघीय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजे देखि चैत १८ गते बिहान ६ बजे सम्म निषेधाज्ञा/कर्फ्यु जारी गरिएको हो ।

प्रशासनले कर्फ्युको समयमा औषधी उपचार ,खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन , स्वास्थ्यकर्मी ,सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन संचालनमा पनि पूर्ण रुपमा रोक लगाएको छ ।

जारी निषेधाज्ञामा स्वास्थ्य , सुरक्षा,खाद्य वस्तु , खानेपानी , दुध ,विद्युत ,दुरसञ्चार , सूचना तथा सञ्चार,भन्सार , क्वारेन्टाइन , फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बेलामा तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखलाई बिदा दिन भनिएको छ ।

शर्माद्वारा जारी ५ बुँदे विज्ञप्ति अनुसार व्यवसायीहरुलाई अनुमति लिएर मात्रै औषधी र औषधीजन्य सामग्रीहरु आपूर्तिको व्यवस्था गर्न भनिएको छ । यदि कसैले निषेधाज्ञाको अवहेलना गरे वा काममा वाधा पुर्याए त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने चेतावनी पनि दिइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like